अपिहिमाल गाउँपालिकाले मनसुनको समय सुरु भइसकेको भन्दै सतकर्ता अपनाउन आग्रह गरेको छ । गाउँपालिकालको विपद् शाखाले मनसुनको समयमा अत्यधिक वर्षा हुने भन्दै सतर्कता अपाउन आग्रह गरेको हो ।
वर्षाको समयमा बाढिपहिरो जन्य घटना, स्थानीय खोलानालाहरु बढ्ने घर जमिन कटान जस्ता घट्नाहरु बढने भन्दै सावधान अपनाउन अपिल गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणसिह धामीले सबै स्थानीयले समयमै सतर्क हुन आग्रह गर्नुभएको छ । गाउँपालिका उस्तै पनि विपद् संकटग्रस्त क्षेत्र हो । वर्षाको समयमा अत्यधिक वर्षा भएर समस्या हुन्छ । विपद् जन्य घट्ना भए, गाउँपालिका,को विपद् शाखा, तथा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय