भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाले संयुक्त रुपमा मंगलबार सदरमुकाम खलंगामा बजार अनुगमन गरेका छन् । सदरमुकाम खलंगास्थित मासु पसल र डेरी पसलको अनुगमन भएको हो ।
बजार अनुगमनको क्रममा कुहिएको अवस्थामा २७ केजी खान अयोग्य मासु भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले सदरमुकाममा रहेको दिनेश मासु पसल एण्ड फ्रेस हाउसबाट मात्रै २२ केजी कुखुराको मासु बरामद गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काले जानकारी दिनुभयो ।
खलंगामा रहेका २३ वटा पसलहरूमा गरिएको अनुगमनमा ८ वटा मासु पसल ४ वटा डेरी र एउटा एग्रोभेट पसलमा अनुगमन गरिएको छ । अनुगमन टोलीले जरिवानाबाफत ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदको नेतृत्वमा गएको बजार अनुगमन टोलीले अनुगमनको क्रममा नियम विपरित भेटिएकाहरुबाट जरिवारना संकलन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय