धामी (क्षेत्री) समाज ,नेपालको दार्चुला शाखाले मालिकार्जुन शैल्यशिखर जात्राको अवसर पारेर भक्तजनहरूलाई निशुल्क फलफुल वितरण कार्यक्रम गरेको छ ।
प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन हुने शिखर धाम पुजनको लागि निराहार वर्त बसेर आउने श्रद्धालु भक्तजनहरूलाई मध्यनजर गरेर आज पर्न गएको शैल्य शिखर (मालिकार्जुन)पुजनको अवसरमा वर्तालुहरूलाई केरा र आप वितरण गरिदै छ ।
धामी (क्षेत्री) समाजका सस्थापक सदस्य तथा दार्चुला शाखाका अध्यक्ष सुरेन्द्र सिंह धामीका अनुसार गतबर्ष पनि शिखरधाम पुजनको अवसरमा फलफुल वितरण गरेको र सोही कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन ।

धामीका अनुसार उक्त समाजले यो भन्दा पहिले काठमाडौंको टुडिखेलमा हुने गौरा पर्बमा निशुल्क पानी वितरण गर्ने, असहायहरूको उपचारको लागि आर्थिक सहयोग गर्ने, ब्लडको प्रबन्ध गर्ने जस्ता बिभिन्न सामाजिक कार्यहरु गरिसकेको छ ।
विगतका बर्षहरूमा दाताहरूबाटै रकम संकलन गरि सञ्चालन गरिने यस कार्यक्रमका लागि यो बर्ष मालिकार्जुन गाउँपालिका बाट समेत सहयोग प्राप्त भएको धामीले बताएका छन ।

दाताहरू सबैलाई प्रसाद पुर्याउने :

यो फलफुल वितरण कार्यक्रमका लागि हामीलाई आर्थिक सहयोग गर्ने सबै दाताहरू जिल्ला बाहिर नै रहनु भएकोले सबैलाई उहाँहरू रहनु भएकै ठाउँमा पुजन जात्राको प्रसाद उपलब्ध गराउने योजनामा रहेको जानकारी समेत अध्यक्ष धामीले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय