दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिका सीमा निर्माणाधीन महाकाली प्रवेशद्धार अब कैलाश मानसरोवर एवं ओम पर्वत प्रवेशद्धारको रुपमा निर्माण हुने भएको छ । महाकाली नगरपालिकाले यो प्रवेशद्धारालाई धार्मिक स्थल कैलाश प्रवेशद्धारको रुपमा अघि बढाउने भएको हो ।
निर्वतमान महाकाली नगरपालिका प्रमुख हंशराज भट्टले पाँच वर्षको अवधिमा निर्माण पूरा गर्न नसकेको प्रवेशद्धारलाई महाकाली नगरपालिकाले प्राथमिकताका साथ निर्माण कार्य अघि बढाउने नीति कार्यक्रममा समेटिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७९।८० को नीति कार्यक्रममा सदरमुकाम समेत रहेको महाकाली नगरपालिकाको प्रवेशद्धारलाई धार्मिक पर्यटनसँग जोड्ने गरी नीति ल्याइएको महाकाली नगर प्रमुख नरसिह चैसिरले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved Darchulakhabar.com | Website by Api Communication Pvt.Ltd