दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेका छन्। पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
अस्पतालका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । गत साउनदेखि हालसम्म दार्चुलामा ३०५ जनामा सङ्क्रमण भेटिएको तथ्याङ्क भए पनि अझै कतिपय बिरामी परीक्षणको पहुँच बाहिर हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। यो वर्ष जिल्ला अस्पतालमा मात्रै एक हजार पाँच जनामा परीक्षण गर्दा ३०५ जनामा स्क्रबटाइफस देखिएको बताइएको छ।
वर्षात्को समयमा किर्नालगायतका कीराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि बढी देखिने गरेको दार्चुला अस्पतालका डा आदर्श लिम्बूले बताउनुभयो । बिरामी हुने बढीजसो महिलामा पशु चौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने, त्यसपछि स्क्रबटाइफस देखिने गरेको छ। स्क्रबटाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार भइरहेको उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय