दार्चुला पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले आज एक कार्यक्रमकाबीच जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपनाको निरन्तरता घोषणा गरेको हो ।
दार्चुलाबाट प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री गणेशसिह ठगुन्नाले शुक्रबार जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । स्वास्थ्यका सबै सूचक पूरा भएपछि जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै सांसद ठगुन्नाले अहिलेको स्वास्थ्य सेवालाई सुदृढिकरण गर्दै खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
२०७३ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको थियो । अहिले त्यसैको दिगोपनाको लागि सुनिश्चिता घोषण गरिएको हो ।
जिल्लाका ९ वटै स्थानिय तहलाई पूर्णखोप सुनिश्चितता घोषणार प्रमाणीकरण भएपछि जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाईसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो ।
जिल्लाका सबै ६१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली संकलन गरि बच्चालाई खोप लगाएको सुनिश्चिता गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख महादेव बडुको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ठगुन्नाको प्रमुख आतिथ्य रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय