नेकपा एमाले दार्चुलाको जिल्ला कमिटी बैठक शनिबार बस्ने भएको छ । सदरमुकाम खलंगामा हुने जिल्ला कमिटी बैठकमा सहभागि हुन एमाले पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गणेशसिह ठगुन्ना दार्चुला पुग्नुभएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा दार्चुलामा सफलता हासिल गरेको एमालेले निर्वाचनको समिक्षा गर्ने भएको छ । एमाल प्रचार विभाग प्रमुख खडक बडालका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ ।
एमालेले दार्चुलाको व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली र शैल्यशिखर नगरपालिकामा जितेको छ । भने लेकम गाउँपालिकामा उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ ।
यस्तै एमाले जिल्ला कमिटी सदस्यहरुको कार्यविभाज बाडफाड गर्ने एमाले एजेण्डा छ ।बैठकले पार्टी कार्यालय व्यवस्थापन र आगामी निर्वाचनको बारेमा समेत तयारी गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय