पुर्वमन्त्री एवं दार्चुलाबाट प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले निर्माणाधीन गोकुलेश्वर विमानस्थलको अनुगमन गर्नुभएको छ । काठमाण्डौँबाट दार्चुला आउने क्रममा पूर्व मन्त्री ठगुन्नाले विमानस्थलको अनुगमन निरीक्षण गर्नुभएको हो ।
जिल्लामा उक्त एयरपोर्टका लागि पहलकर्ता समेत रहनुभएका सांसद ठगुन्नाले निर्माणाधीन विमानस्थलको भौतिक प्रगति एवं गुणस्तरीयताबारे चासो राख्नु भएको थियो। उहाँ स्थानीय जनप्रतिनिधि एवं अगुवाहरुको साथमा उक्त स्थानमा पुग्नु भएको थियो।
दार्चुलामा लामो समयदेखि गोकुलेश्वर विमानस्थल निर्माण गर्न आवाज उठेपनि सांसद ठगुन्नाको पहलमा बजेट लगायतका अन्य प्रक्रियाहरु टुङ्गोमा पुगेको थियो । मन्त्री हुँदा उहाँले विशेष पहल गरेर गोकुलेश्वर विमानस्थलमा बजेट व्यवस्थापन गर्नुभएको हो ।
झण्डै तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल सुचारु नहुँदा यहाँका स्थानीयलाई सास्ती छ । द्धन्द्धकालमा बन्द भएको विमानस्थल सुचारु गर्न पटक पटक यसअघि पहल भए पनि काम हुन सकेको थिएन् ।
उक्त विमानस्थल बनेपछि आन्तरिक आवतजावतमा जिल्लाका जनतालाई सहज हुनेछ। हालसम्म जिल्लाका जनताहरु प्रदेस राजधानीबाट गाडीमा जान बाध्यछन । अहिले विमानस्थलमा माटो भर्ने काम भइरहेको छ ।
गत वर्षबाट ठेक्का लागेर विमानस्थल निर्माणको काम चलिरहेको एमाले नेता गंगादत्त जोशीले बताउनुभयो । प्राविधिक रुपमा मोटर पूल र नयाँ बनेका भवनका संरचनाका कारण विमानस्थलको उचाई बढाउन लागिएको हो । विमानस्थलमा माटो भर्ने काम भएको छ । गोकुलेश्वर विमानस्थल सुचारु भए दार्चुला, र बैतडीका नागरिकलाई आवतजावतमा सहजता हुने छ ।
यसैबीच सांसद ठगुन्नाले गोकुलेश्वर अस्पतालको निरीक्षण गर्नुभएको छ । गोकुलेश्वर अस्पतालबाट प्रभाव भइरहेको स्वास्थ्य सेवाबारे ठगुन्नाले निरीक्षण गर्नुभएको हो । अस्पतालको सेवा सुदृढिकरणको लागि आफुले पहल गर्ने बताउँदै उहाँले स्थानीय सरकारले अस्पतालको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै ठगुन्नाले मालिकार्जुन गाउँपालिकामा निर्माणाधीन १० सैय्या अस्पतालको निरीक्षण गर्नुभएको छ । केपी ओली प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको १० सैया अस्पतालको प्रगतिबारे उहाँले निरीक्षण गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय