दार्चुलामा विद्युतीय राहदानी (ई–पासपोर्ट)सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको बालसिखर स्थित रिपिटरमा विद्युतमा समस्या आएर गत असार २२ गते बेकुकि बाट अवरुद्ध भएको हो ।
इन्टरनेट सेवा प्रदायक संस्था सुबिसुको बालसिखर स्थित रिपिटरमा बिधुत र ब्याट्रि ब्याकअप नभएकाले बेला बेला सेवा बन्द हुने गरेको छ । सेवा बन्द हुदा टाढाबाट सेवा लिन आउने सेवाग्राहि निरास घर फर्किनु पर्ने बाध्यता रहेको छ ।
साथै उक्त समस्यालाई चाडो हल गर्न इन्टरनेट सेवा प्रदायक संस्था सुबिसु शाखा धनगढीलाई पत्राचार गरिसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।
सेवा अवरुद्ध भएपछि अहिले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । दार्चुलामा पहिलोपटक गत जेठ १७ गतेदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुरू भएको हो ।