राष्ट्रपति विद्यादेवी भण्डारीलाई दार्चुलाको व्याँस गाउँपालिका भ्रमणको निम्तो दिएको छ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राष्ट्रपतिलाई संयुक्त रुपमा भेटघाट गरि त्रिदेशिय सिमामा रहेको व्यास गाउँपालिकाको भ्रमण गरिदिन निमन्त्रणा गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभएको छ ।
नेकपा एमाले पोलिटव्युरो सदस्य,पुर्व मन्त्री एवं दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिह ठगुन्नाको नेतृत्वमा राष्ट्रपति कार्यालय शितलनिवासमा पुगी व्याँस भ्रमणको निम्तो दिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष धामीले बताउनु भएको छ ।
भेटघाट पछि राष्ट्रपति विद्यादेवी भण्डारीले व्याँस भ्रमणको लागि आफु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको अध्यक्ष धामीले बताउनुभयो । भाद्र महिना वा अशोज महिनाको अन्तिम तिर राष्ट्रपति भण्डारीले व्याँस गाउँपालिकाको भ्रमण गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति संगको भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष प्रेमसिह धामी,व्यास गाउँपालिका अध्यक्ष मंगलसिह धामी,महाकाली नगर प्रमुख नरसिह चैसिर,शैल्यशिखर नगरप्रमुख विजयसिह धामी,महाकाली नगर उपप्रमुख दुर्गा खत्री विष्ट र शैल्यशिखर नगर उपप्रमुख शान्ती खडायत सहभागी रहेका थिए ।
त्यस्तै मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी,लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्यद्वय मोहनसिह धामी, हरदेव जोशी र नेकपा एमाले जिल्ला कमिटि उपसचिव खडकसिह बडालको सहभागिता रहेको थियो ।
व्याँस गाउँपालिका देशकै महत्वपुर्ण भुभाग एवं अतिक्रमित भुमि कालापानी,लिपुलेक र लिम्पियाधुरा रहेको क्षेत्र हो ।
केपि ओली नेतृत्वको सरकारले भारतले अतिक्रमित गरेको नेपाली भुुमिलाई राष्ट्रिय सहमतीका साथ नेपालको नक्सामा समेटिएको छ । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामीले कालापानी काठमाण्डौलाई किन दुख्दैन भनेर उक्त भुभागको वारेमा संसद देखि सडक सम्म आवाज उठाएका थिए । राष्ट्रवादी नेता धामीले उठाएको आवाज ढिलै भएपनि नेपालको नक्सामा समेटिएको छ तर भुगोल फिर्ता हुन भने सकेको छैन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय