दार्चुला जिल्लाको लेक क्षेत्रलाई ओखर जोन बानाउन कृषकहरु व्यवसायिक बन्नु आवश्यक रहेको कार्यक्रमका सहभागिको भनाई छ ।

शनिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाईको आनुगमन कार्यक्रमका सहभागिले उक्त कुरामा जोड दिएका हुन । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाँउपालिकामा ओखर खेतिको अधिक सम्भावना रहेकाले सबै कृर्षकहरुले व्यवसायिक बन्नु आवश्यक रहेको बताएका छन ।

जिल्लामा टर्किको स्वाउ र ईटालियन , कस्बीरे जातका करवि ६ हजार ओखरका विरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलाका प्रमुख विष्णु ओझाको भनाई छ । दार्चुला जिल्लामा ओअरको बजारीकरणको भन्दा पनि विभन्न प्रकारका रोगहरु लाग्ने चुनौति रहेकाले विज्ञहरु संगको सल्लाहमा काम गरिरहेको कार्यालयले जनाएको छ ।

दार्चुलामा कृषहरुले एक सिजनमा मात्रै ६० हजार देखि १ लाख सम्म आम्दानी गर्ने गरेकाले असिना बाट र ओखरमा लाग्ने रोगबाट बचाउने तरिका सिक्न पाए अझै झन लाभ पाउन सकिने स्थानीय कृषक कमल सिह धामीको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दार्चुलाले दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुको भुगोल हेरेर स्वाउ खेती तथा ओखर खेतीलाई पहिलो प्रार्थमिक्तामा राखी काम गरिरहेको छ ।

आजको अनुगमन कार्यक्रममा जिल्ला समन्वय समित प्रमुख महादेव बडु, सहायक प्रमुख जिल्ला अधिकारी हेम्ती साँउ , जिल्ला समन्वय अधिकारी लगायत सरोवकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

शनिबार मालिकार्जुन गाँउपालिका वडा नम्बर ८ पस्ती र शैल्यखिशर नगरपालिकाको वडा नंम्बर ६ पनेवाँज मिलमिली क्षेत्रका किसानहरुले रोपेका ओखरहरुको अवलोकन गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय