महाकाली नगरपालिका १ को श्रीवगड र दुहुँ गाउँपालिका ३ को श्रीवगड क्षेत्रमा पक्की तथा तारजालीसहितको तडबन्ध निर्माणको लागि दुई वर्ष अघि नै ठेक्का भएको थियो । महाकाली नदी नियन्त्रण आयोजनाले सदरमुकाम खलंगासँग सँगै श्रीवगडको जोखिम क्षेत्रमा तडबन्ध निर्माण गर्न राजेन्द्र निर्माण सेवासँग ०७६ असार २४ गते ठेक्का नम्बर १८ र १९ को सम्झौता गरेको हो ।
दुवै ठेक्का पाएका छन्, डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले । नेपाली काग्रेसबाट मेयर निर्वाचित साउँदले दार्चुलामा दुई वर्षको अवधिमा तडबन्धको काम नगर्दा अहिले पनि श्रीवगडबस्ती कटानको जोखिममा कायमै रहेको स्थानीय मोहन बमले बताउनुभयो । उहाँले भन्नुभयो, राजनीति नै गर्ने भए ठेक्का लिएर दार्चुला किन आउनुपथ्र्यो । अहिले तडबन्धको काम नगरेकै कारण श्रीवगड पूरै जोखिममा परेको छ । गत वर्ष भदौ दोस्रो साता आएको बाढिले श्रीवगडको त्यत्रो वितण्डा बनाएको ताजै छ । अहिले पनि कुन बेला नदी बढ्छ र कटान सुरु गर्छ भन्ने चिन्ता दोहोरिन थालेको स्थानीय बताउँछन् ।

काम नगर्ने ठेकेदार जुनसुकै पार्टीको भए पनि कारवाही हुनुपर्छ । निर्माण कम्पनीले श्रीवगडको दुहुँ गाउँपालिका क्षेत्रमा तीन सय मिटर लम्बाई पक्की तबन्ध निर्माण गर्नुपर्ने सम्झौता छ भने महाकाली नगरपालिकाको श्रीवगडमा ५० मिटर लम्बाईमा पक्की तडबन्ध बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर अहिले पनि तडबन्धनको काम हुन सकेको छैन् ।
अहिले पनि काम नगर्दा श्रीवगडमा समस्या भएको बारे आयोजना कार्यालय पनि जानकार छ । आयोजनाका इन्जिनियर स्मीत श्रेष्ठ ठेकेदारले काम नगरिदिदा समस्या भएको स्वीकार गर्नुहुन्छ ।
प्याकेज नम्बर १८ अन्तर्गत नै रहेको कलौन भीर, बंगाबगड र सदरमुकाम पुलघाटमा पनि ठेकेदारले काम सकेको छैन् । राजेन्द्र निर्माण सेवाले दार्चुलामा दर्जनौ ठेक्का लिए पनि समयमै काम गर्न नसकेको यहाँका निर्माण व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय