महाकालीको वितण्डा ९ वर्ष पहिले असार २ र ३ गते दिन महाकाली नदीले विकराल रुप धारण गरेपछि दार्चुला जिल्लामा सयौँको संख्यामा घरहरु बगाएको थियो । दार्चुला बासिलेहरुले कालो दिनका रुपमा असार २ र ३ गतेलाई सम्झने गरेका छन् । नदिले कटान गरेपछि दार्चुला जिल्ला सदमुकामको भौगोलीक रुप नै परिवर्तन गरेको थियो । तीन दिन लगातार पानी परेपछि २०७० साल असार २ गते राती १२ बजेबाट महाकाली नदिमा पानीको सतह बढेर नदिले जमिन कटान गर्न थालेको थियो । महाकाली नदिमा आएको बाढीले नेपाली भु–भाग कटान गरेपछि रिङताल र गल्फै बस्ती नै हराएका छन् । अलिे दाुर्चला सदमुकामको रुप नै परिवतएन भएको छ । पीडितहरुले तत्कालीन आपतकालिन राहत बाहेक अरु पाएका छैनन् । सोही दौरानमा २ जनाको मृत्यु समेत भएको थियो । बाढी पीडितहरु मध्ये घरजग्गा बगेकाहरुले ३५ हजार रुपैयाँ बाहेक केही नपाएको गुनासो गरेका छन ।

तत्कालिन नेपाल सरकारको मन्त्री परिषदको निर्णयले बाढी पीडित व्यवसायिलाई सहुलीयत रुपमा रिण दिने, बाढी पीडितका छोराछोरीहरुलाई बैदेशिक रोजगारी तथा अन्य सरकारी सेवा सुविधामा सहुलीयत दिने निर्णय गरेपनि कार्यान्वयन नभएको र अहिले व्यसाय गरि दैनिक गुजरा गरिरहेको महाकाली बाढी पीडित गगन सिह बिष्टको भनाई छ ।
महाकाली नदिमा बाढी आएपछि महकाली नदी नियन्त्रण अयोजना पाँच बर्षका लागि अहिले सञ्चालनमा रहेको छ । जिल्ला सदरमुकाम क्षेत्रको मूख्य भाग ४५ सय मिटर र अन्य सदरमुकाम भन्दा बाहिरको क्षेत्रमा ४ हजार मिटर क्षेत्रमा तटबन्ध निर्माण गरिन थालेको छ । महाकाली नदिको कटानलाई रोक्नका लागि बहुपयोगी रुपमा बन्न लागेको पक्की तटबन्ध अहिलेसम्मकै नमुना आयोजनाको रुपमा निर्माण गरिएको भएपनि महाकाली नदिको तटिय क्षेत्रमा सदरमुकाम जस्तै पक्कि तटबन्ध बन्नु आवश्यक रहेको अर्का स्थानीय चन्द्र सिह धामीको भनाई छ ।
२०७० साल असार २र ३ गतेको बाढिबाट जिल्ला सदरमुकाममा १ सय ५८ घर निजिघर र १२ वटा सरकारी कार्यालय बगाएको थियो । भने व्याँस गाँउपालिकाको छाङरु देखि लेकम गाँउपालिकाको लालि सम्म नागरिकले उपजनी खेत गुमाउनु परेको थियो । ९ बर्ष वितिसक्दा पनि घरबार विहिन भएका बाढिपिडितहरुको पुर्नस्थापना नहुँदा अवको दिन हुने देैविक प्रकोपमा कसरी जोगिने भन्ने चिन्ता यहाँका स्थानीयहरुमा छाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय