अपिहिमाल गाउँपालिका ३ पाथामा विद्युत बलेको छ । निर्माण सुरु भएको ६ वर्षपछि एक सय किलोवाट क्षमताको विद्युत बलेको हो ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टे खोलामा निर्माण भएको विद्युतको सफल परिक्षण गरिएको छ । विद्युत परिक्षण सफल भएपछि स्थानीय दङ्ग भएका छन् । लामो प्रयासपछि दुर्गम पाथामा बत्ति बलेपछि स्थानीय खुसी छन्, उपभोक्ता समितिका अध्यक्ष नन्दनसिह धामीले भन्नुभयो, अहिलेलाई पाथा र घाजिरमा विद्युत दिइएको छ ।
अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ति अन्य वस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुन सकेको छैन् । हाइटेन्सन लाइन जडान गरिएको भएपनि शाखा लाइन जडान नहुँदा अन्य वस्तीसम्म विद्यूत पु्याउन केही समय लाग्ने अध्यक्ष धामीले बताउनुभयो ।

सडक नपुगेको पाथामा विद्युत निर्माण गर्न झण्डै ७ करोड रुपैयाँ लागत खर्च भएको छ । जसमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले २ करोड ८५ लाख, गाउँपालिकाले १ करोड ९२ लाख रुपैयाँ, संघीय सांसदको सांसद विकास कोषमार्फत ५० लाख रुपैयाँ तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो ।
विद्युत पुरै विस्तार भए दुइ वडाका ६६६ घरधुरी लाभान्वित हुने छन् । शाखा लाइन विस्तारको लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उहाँको भनाई छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रम अन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो ।
उज्यालो अपि अन्तर्गत अपिहिमाल २ मा सौर्य विद्युत जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल गाउँपालिका वडा नम्बर ६ मा १ सय किलोवाट क्षमताको जलविद्युत निर्माण कार्य जारी छ । अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत निर्माणको अन्तिम चरणमा पुर्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय