गाउँगाउँमा कच्ची सडकको पहुँच पुगेको छैैन तर जनप्रतिनिधिका लागि चिल्ला गाडी खरिद गरिएका छन । त्यही गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर र एम्बुलेन्स छैन । यो समस्या बैतडीका दुर्गम गाउँपालिकामा देखिएकाछन् ।
बैतडीको दुर्गम सिगास गाउँपालिका, पुरचौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या छ ।। सिगास गाउँपालिका–१, बेसरा गाउँकी जानकी भट्ट गोठमा सुत्केरी हुँदा शिशुको मृत्यु भयो । एम्बुलेन्स त परको कुरा, गाउँमा स्ट्रेचरसमेत नहुँदा सुत्केरी बेथा लागेको २४ घण्टासम्म स्वास्थ्य संस्था लैजान नसक्दा शिशुको मृत्यु भएको थियो । जानकीले सुत्केरी भत्तासमेत नपाएको गुनासो गर्नुभयो ।
स्थानीय तहका गाउँघरर क्लिनिकमा स्ट्रेचर, सिटामोल औषधि, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, बच्चाको तौल लिने, परिवार नियोजनका अस्थायी साधनजस्ता सेवा उपलब्ध हुने भए पनि सिगास गाउँपालिका–१, बेसरास्थित गाउँघरर क्लिनिकमा कुनै पनि सुविधा नभएको स्थानीय नरेश भट्टले बताउनुभयो ।
बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा एम्बुलेन्स नहुँदा बिरामी समस्यामा परेको स्थानीयले गुनासो गरेका छन् । पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स पनि धनगढीमा दुर्घटना हुँदा प्रहरी नियन्त्रणमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएकोछ ।
बैतडी सदरमुकामबाट टाण रहेका पुरचौडी नगरपालिका र सिगास गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामी समस्यामा पर्दै आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय