दार्चुला । दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको छ । गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ । पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ ।

शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ । “विद्यालयमा खानेपानी र शौचालयसमेत छैन । शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक जङ्गबहादुर बमले भन्नुभयो । भवनको वरपर पहिरो गएको र अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गरिहेको उहाँले बताउनुभयो ।

विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए । बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन नमानेको प्रधानाध्यापक बमले बताउनुभयो । बाटोघाटो अभावका कारण पनि विद्यार्थीलाई विद्यालय पुग्न समस्या भएको उहाँको भनाई छ । खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ । विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय