बैतडीको डिलाशैनी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । जन्मेदेखि २३ महिना सम्मका बालबालिकाहरुले पाउनुपर्ने खोप तालिका अनुसार लगाएकाले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए ।

पालिकामा १६ देखि २३ महिना सम्मका ३६९ जना बालबालिकाहरुले तालिका अनुसार खोप लगाएको पाइएको छ । पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । यो संगै बैतडीका पाँच ओटा पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय