बैतडी

जिल्ला समन्वय समिति बैतडीको प्रमुखमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत प्राप्त गरे । यस्तै उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् । उनले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी)ले ८ मत प्राप्त गरिन् ।

जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो । एमाले एक्लै चुनाव लडेका थियो ।

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् ।

यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् ।

यस्तै एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आजै बिहान ११ बजे पद तथा गोपनियता शपथ ग्रहण गराउने तयारी भएको छ । जिल्ला न्यायधिश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुपर्ने प्रावधान रहेको छ । उप्रमुख सहित अन्य सदस्यहरुलाई प्रमुखले शपथ ग्रहण गराउनुपर्ने प्रावधान रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय