
दार्चुला ,
दार्चुला को नौगाड गाउपालिका ले प्रवक्ता मा राजेन्द्र सिंह बोहरा लाई चयन जेठ १२ गते बसेको कार्यपालिका बैठकले प्रवक्ता मा बोहरालाइ चयन गरेको हो l राजेन्द्र सिंह बोहरा नेकपा माओवादी केन्द्र नौगाड गाउकमिटि सचिव तथा नौगाड गाउपालिका वडा नं. ६ का निर्वाचित वडा अध्यक्ष हुन साथै नौगाड गाउपालिकाले सम्पूर्ण विसयगत समितिका संयोजक पनि तोकिएको गाउपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनु भयो l
विषयगत समितिहरुमा क्रमस सार्बजनिक सेवा तथा क्षमता विकास समितीमा हरिलाल सिंह महता संयोजक रहने गरि ४ जान सदस्य ,आर्थिक विकास समितिमा नारायण सिंह ठगुन्ना संयोजक रहने गरि ४ जान सदस्य, सामाजिक विकास समितिमा राजेन्द्र सिंह बोहरा संयोजक रहने गरि ४ जान सदस्य, पूर्वाधार विकास समितिमा जगत सिंह ठगुन्ना संयोजक रहने गरि ४ जान सदस्य, वातावरण तथा विपद व्यवस्थापन समितिमा राय सिंह ठगुन्ना संयोजक रहने गरि ४ जान सदस्य र विदेयक समितिमा दलजित सिंह धामी संयोजक रहने गरि ४ जान सदस्य मनोनित गरेको छ l