दार्चुला– जिल्लाको दुहुँ गाउँपालिका भरीका सबै सामुदायिक विध्यालय र कार्यालयहरुमा विद्युतीय हाजिरी व्यवस्थापन गरिने भएको छ । मंगलबार बसेको दुहुँ गाउँकार्यपालिकाको बैठकले कर्मचारीको कामलाई प्रभावकारी बनाउन इ-हाजिरी व्यवस्थापन गरिन लागेको गाउँपालिकाले जनाएको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर बडालको अध्यक्षतामा बसेको बैठकले सुशासन कायम गर्न हरेक विद्यालय र गाउपालिकाअन्तर्गत कार्यालयमा विद्युती हाजिरीको व्यवस्थापन गरिने अध्यक्ष बडालले जानकारी दिनुभयो ।

यस्तै आजकै बैठकले गाउँपालिका भरी संञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १० सम्मकुनै पनि विषयमा शुल्क नलिन पालिका भरीका विद्यालयहरुलाई जानकारी गराउने निर्णय समेत गरेको पालिका अध्यक्ष बडालले जानकारी दिनु भएको छ ।

गाउँपालिकामा रिक्त रहेका पदहरुमा लोकसेवाबाट पदपुर्ति नहुज्जेल सम्म सेवा करारबाट पदपुर्ति गर्ने निर्णय गरिएको पनि गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय