दार्चुला ,

दार्चुलाको मालिकार्जुन गाउँकार्यपालिकाको पहिलो वैठकले यसअघिको स्थानिय तहको सरकारले घरभाडामा लिएर सेवा संचालन गरिरहेकोमा त्यो सम्झौता रद्द गरि सरकारी भवनबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ । सरकारी भवन हुँदा हुदै अनावश्यक भाडा तिरेर गाउँपालिकाको कार्यालय संचालन हुँदै आएकोले त्यसलाई मितव्ययी बनाउन सरकारी भवनबाट नागरिकलाई सहजै सेवा दिने निर्णय गरेको छ । सरकारी भवनबाट सेवा सुचारु गरि घरभाडाबाट अनियन्त्रीत रुपमा खर्च भइरहेको रकम जोगीने गाउँपालिका अध्यक्ष हिरा धामीले बताउनु भयो । आमावुवा गुमाएका टुहुरा,विपन्न र द्धन्दकालमा निधन भएका सहिदका परिवारका बालबालिकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिनुभएको छ । गाउँपालिकामा रहेका ८ वटै वडामा प्राविधिक शिक्षा अध्ययन गर्न एक÷एक जनालाई विपन्न छात्रवृत्ती उपलब्ध गराउने निर्णय गरेको छ ।
विगत ५ वर्षदेखि गठन गर्न नसकेको विद्यालय व्यवस्थापन समिति पुर्नगठन गरि शिक्षा क्षेत्रको गति बढाउने निर्णय गरेको छ भने विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको छ । दिर्घरोगीहरुलाई स्थानिय स्वास्थ्य संस्थाबाट निशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् । त्यस्तै बालविकास सहयोगी कार्यकर्ता,विद्यालय कर्मचारी,कार्यालय सहयोगी कर्मचारीहरुलाई गाउँपालिकाले दिनुपर्ने ७ हजार रकम साउन महिनादेखि लागु हुने उपलब्ध गराउने निर्णय गरिएको छ । प्रत्येक वडामा एक÷एक खेलमैदान निर्माण गर्ने निर्णय गरेको छ । खेल क्षेत्रको विकास गर्न गाउँपालिकामा रहेका ८ वटै वडामा खेलमैदान निर्माण गर्ने निर्णय भएको छ ।
त्यस्तै यसअघिको सरकारले किनेर उपयोगमा ल्याउन नसकेको डोजरलाई उपयोग ल्याई ग्रामिण सडक बाह्रै महिना संचालन गर्ने निर्णय गरेको छ । वर्षातको समयमा बन्द हुने ग्रामिण सडक वर्षभरी संचालन गर्न स्काईभेटर प्रयोगमा ल्याउने निर्णय भएको छ । त्यस्तै प्रत्येक विद्यालयमा योग शिक्षा सुरु गर्न योग शिक्षकको व्यवस्था गर्ने निर्णय गरेको छ । बालविबाह,छाउपडी,जातिय छुवाछुत र आत्महत्या नियन्त्रण गर्न विभिन्न लक्षित कार्यक्रम संचालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
सुशासनको क्षेत्रमा भ्रष्टाचार शुन्य गरि सुशासन क्षेत्रमा गर्नुपर्ने क्रियाकलाप संचालन गर्ने र उज्यालो कार्यक्रम अन्र्तगत प्रत्येक वडामा विद्युत विस्तार गरि उज्यालो गाउँबस्ती बनाउने निर्णय गरेको जनाएको छ । यस्तै गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी वडानम्बर ५ का नवनिर्वाचित वडाअध्यक्ष मदनबहादुर चन्दलाई दिएको छ । पहिलो स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले गाउँपालिकाको प्रवक्ता सम्म तोक्न सकेको थिएन् । नवनिर्वाचित कार्यपालिकाको पहिलो वैठकबाट प्रवक्ता तोकिएपछि गाउँपालिकामा हुने सवै सुचनाहरु एकद्धार प्रणालीबाट लिन सहज हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय