दार्चुला खबर दार्चुला । दार्चुलामा  विद्युतीय राहदानी ई –पासपोर्ट  सेवा सुरु  भएको  छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले विहिबारबाट ई –पासपोर्ट  सेवा सुरु गरेको हो । दार्चुलामा विहिबारबाट विद्युतीय राहदानी ई –पासपोर्ट  सेवा सुरु गरिएको  जिल्ला प्रशासन कार्यालय  दार्चुलाकासूचना अधिकारी हेमन्ती साउदले  जानकारी दिनुभयो ।

 

अब वैदेशिक रोजगारिमा जानेहरुले जिल्ला  प्रशासन कार्यालय दार्चुलामा १५ दिन भित्र  राहदानी  पाउने उहाँले बताउनु भयो । दैनिक १० देखि १५ जनाले ई –पासपोर्ट सेवा  पाउने  उनको  भनार्इ  छ । उनले भने ‘हामिले ई –पासपोर्ट सेवा सुरु गरिसकेका छौँ , अव वैदेशिक रोजगारिमा जानेहरुले १५ ÷२० दिन भित्रै जिल्लामै विद्युतीय राहदानी पाउँछन् ।’ विद्युतीय राहदानी ई –पासपोर्ट बनाउनेले ५ हजार शुल्क तिर्नुे पर्ने  बताइएको  छ ।

 

ई –पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै  समय पर्खिनु पर्ने र राहदानी बनाउन काठमाण्डौँ जानु पर्ने यहाँका नागरिहरुको बाध्यता हटेको छ । यहाँबाट काठमाण्डौँ गएर राहदानी  बनाउनु पर्दा दार्चुला बासीहरुलाइ निकै अप्ठारो र सारै खर्चिलो हुने गरेकोमा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी साउदले बताउनु भयो  ।

 

यस्तै विद्युतीय राहदानी ई –पासपोर्टका लागि घरबाटै पनि फर्म  भर्न  सकिने उनले  बताए । उनले भने  ‘एउटा लिंक हुन्छ राहदानी विभागको वयबसाइटमा पनि राखिएकाे पनि छ, घरबाटै पनि भर्न  सकिन्छ ।’ राहदानी बनाउन तीन महिना लाग्ने गरेकोमा  अब भने १५ दिनमै जिल्लामा राहदानी  आइपुग्ने  भएको  हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय