![](https://darchulakhabar.com/wp-content/uploads/2021/08/loksewa-aayog-psc.jpg)
२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।
उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए ।
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-3-scaled-3-1024x682.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marmma-2-1.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/marma-1-3.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-1-2-1024x642.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-3-1-2.jpg)
![](https://darchulakhabar.com/wp-content/uploads/2023/06/shailya-shikar-2-2.jpg)
आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।