दार्चुला – दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ देखि वडा नम्बर १ छाङ्गरु सम्म जोड्ने घोरेटो बाटो निर्माणको काम अहिले ७५ प्रतिशत काम सम्पन्न भएको हो । चालु आर्थिक वर्षमा व्यास गाउँपालिकालाई अर्थ मन्त्रालयले ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरी चालु आर्थिक वर्षमै काम सम्पन्न गर्ने गरी काम गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो ।

अहिले सबै भन्दा बढी अफ्ठ्यारो भएका घाँटी बगर,माल्पा, दोपखे, तोला, गिरकिच्चे, बुदी, र अपीखोलामा पर्ने अफ्ठ्यारा भिरपाखामा काम भइरहेको हो । माल्पाभिर क्षेत्रको कामको जिम्मा लिएका स्थानीय जनक सिंह धामीले आफ्नो क्षेत्रमा रहेको काम ९० प्रतिशत सम्पन्न भएको छ भने । समग्रमा झन्डै तीस किलोमिटर घोरेटो बाटो निर्माणको ७५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका सब इन्जिनियर डडालले जानकारी दिनुभयो । महाकाली किनारमा रहेको चट्टान खोपेर ज्यानको प्रवाह नगरी आरसिसी पुल तथा रेलिङ निर्माण हुदैँछ भने अन्य क्षेत्रमा बाटो मर्मतको काम भइरहेको छ ।


मिसन–देवहरि जेभी निर्माण कम्पनीले ठेक्का पाएर सात ठाउँबाट काम थालेको छ । भिर पाखा र अफ्ठ्यारा ठाउँहरुमा बर्सात भन्दा पहिले नै काम सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाका सब इन्जिनियर जगत डडालले जानकारी दिनुभयो ।

२०८२ जेठ ५ गते सम्झौता भएको थियो ।

तस्बिरः- जनक सिह धामी व्याँस

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय