दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले अबिवाहित महिला र एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। गाउँपालिकाभरिका अबिवाहित महिला तथा एकल पुरुषलाई गाउँपालिकाले ५ सयका दरले मासिक भत्ता दिन परिचयपत्र वितरण गरेको हो।

अबिवाहित महिला तथा एकल पुरुष समस्यामा पर्ने गरेका कारण भत्ता दिन परिचयपत्र वितरण गरिएको नौगाड गाउँपालिका ६ का अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता राजेन्द्र बोहराले जानकारी दिए। उ

नका अनुसार गाउँपालिकाभरिका १६ जनालाई परिचयपत्र वितरण गरिएको छ। ४९ जनाले अबिवाहित महिला तथा एकल पुरुषको फारम भरेका छन्। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ३५ वर्ष माथिका अबिवाहित महिला, ५५ वर्षमाथिका दलित र ६० वर्षमाथिका एकल पुरुषलाई ५ सयका दरले मासिक भत्ता दिने निर्णय गरेको प्रवक्ता बोहराले बताए। उनीहरुको आर्थिक अवस्थामा थोरै राहत पुगोस् भन्नका लागि भत्ता दिन थालिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय