दार्चुलाः सुदुरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दार्चुला जिल्लाकै दोस्रो ठूलो क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको लागि चुनाब जित्ने दाउका साथ सुनिल डाँगा चुनाबी मैदानमा उत्रिएका छन् । बाल्यकालबाटै अनेरास्ववियुको विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी नेता सुनिल डाँगा गोकुलेश्वर क्याम्पसमा अध्यनरत विद्यार्थीका एक असल सहकर्मी मात्रै नभई सारथी पनि हुन। विद्यार्थीका सम्पूर्ण हकहित र सबै समस्याको समाधानका लागि पहल कदमी गर्ने प्रतिबद्धता गरका सुनलि अहिले सभापतिका पदका लागि चुनाबी मैदानमा रहेको विद्यार्थीहरु बताउँछन् । विद्यार्थीहरू माझ निकै लोकप्रिय र स्थापित विद्यार्थी नेता हुन उनी नियमित विद्यार्थी पनि हुन् । विद्यार्थीहरूका हरेक समस्याहरूका लागि आवाज उठाउँदै विद्यार्थीहरूका हकहितका लागि उनले विभिन्न किसिमका रचनात्मक क्रियाकलापहरू क्याम्पसमा चलाउँदै आइरहेका छन् अनेरास्ववियु गोकुलेश्वर मा.वि. कमिटी सचिव देखि विद्यार्थी राजनीति सुरु गरेर गोकुलेश्वर क्याम्पस कमिटी सदस्य हुँदै स्वतन्त्र विद्यार्थी युनियनको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सह सचिव हुँदै अनेरास्ववियु को १४ औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय