
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पहिलो पटक सूचना प्रविधिको प्रयोग गर्दै विद्युतिय माध्यमबाट आर्थिक कारोबार इएफटी सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले प्रविधिको प्रयोग गर्दै विद्युतिय माध्यमबाट आर्थिक कारोबार सुरु गरेको हो ।
इएफटी सेवा संचालनमा आएसंगै सेवा चुस्त दुरुस्त, विश्वश्निय संगै छिटोछरितो र प्रभावकारी हुने गाउँपालिकाका लेखा प्रमुख पुस्कर सिह बिष्टले जानकारी दिनुभयो ।
इएफटी सेवा संचालनमा आए संगै गाउँपालिकाको आर्थिक कारोबार चेक रहित हुने मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिह धामीले बताउनुभयो । इएफटी सेवा संचालनमा ल्याए पछि सेवाग्राहिलाई थप सुबिधा हुने गाउँपालिका उपाध्यक्ष कल्यान सिह धामीको भनाई छ ।
इएफटी सेवा संचालनमा ल्याएसंगै सेवाग्राहिलाई रकम जम्मा गर्न बैंक जान नपर्ने भएको छ। सेवालाई थप प्रभावकारी बनाइने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरज प्रसाद जोशीको भनाई छ।