
दार्चुला – स्थानीय तह निर्वाचन २०७९ पश्चात् मार्मा गाउँपालिका गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ ।मार्मा गाउँकार्यपालिकाको सभाहलमा बसेको बैठकले लटिनाथ क्याम्पसलाइ आंगिक क्याम्पस बनाउन पहल गर्ने, चालु तथा निर्माणाधीन अवस्थामा रहेका सडक पूरा गर्ने र थप सडकको लागि आवश्यक बजेट माग गर्ने, दुई वर्ष भित्र उज्यालो मार्मा घोषणा गर्न प्रत्येक घरधुरिमा बिधुतको पहुँच पुर्याउने, आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरिमा खानेपानीको धारा पुर्याउने लगायत विभिन्न ३१ वटा निर्णय गरेको मार्मा गाउँपालिका प्रवक्ता धिरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।