
दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा १० सैयाको आधारभूत अस्पताल निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमका बिच निर्माण कम्पनी आर एण्ड सिएस बिल्डर्स प्रालीका प्रतिनिधि केशब ब. पालले मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीलाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् ।
नवनिर्मित भवनको कुल लागत अनुमान १६ करोड ७२ लाख बजेटमा ठेक्का लागेको र उक्त भवन निर्माणका लागी निर्माण कम्पनी आर एण्ड सि एस बिल्डर्स प्रा लि काठमाडौँले मिति २०७९ साल भाद्र १५ गते मिति २०८२ साल जेठ ३० गते निर्माण सम्पन्न गर्ने गरि मार्मा आधारभुत अस्पताल निर्माणका लागि सम्झौता गरेको थियो भने म्याद सकिनु भन्दा ५ दिन अगावै काम सम्पन्न गरि पालिकालाई आज मिति २०८२/०३/०६ गतेका दिन हस्तान्तरण गरिएको निर्माण कम्पनी प्रतिनिधि केशव बहादुर पालले जानकारी दिए ।
मार्मा आधारभुत अस्पताल निर्माण कार्य सम्पन्न भएसगै आगामि आर्थिक वर्षको सरुवातबाटै आधारभूत अस्पतालबाट सेवा सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष जमन सिंह धामीले जानकारी दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला कुमारी चन्द सिंह, प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशी,जनप्रतिनिधि,
कर्मचारी,स्थानीय लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएसंगै स्वास्थ्य सेवा तथा उपचारको लागि टाढा जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीय खुशी भएका छन् ।